d

नक्कली प्रहरी बनेर लुटपाट

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
काठमाडाैं : प्रहरी हुँ भन्दै लुटपाट गरेकाे अभियाेगमा प्रहरीले काठमाडाैंबाट एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखानका २७ वर्षीय सुजन मिश्र छन्। काठमाडाैं महानगरपालिका- ६ कुशल ब्यांङ्केट अगाड दुई जना चिया खाई रहेको बेला आफूलाई प्रहरी भएको बताउने दुई जनाले धम्की दिँदै लागुऔषध कारोबारी भएको भनी बौद्धस्थित एक होटलको कोठामा लगेर ६० हजार नगदसहित आइफाेनसमेत लुटिएकाे प्रहरीले जनाएकाे छ।

लुटिएकाे खबर पाउनासाथ महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएकाे महानगरीय प्रहरी परिसर टेकुले जनाएकाे छ।

उनकाे साथबाट लुटिएकाेमध्ये १० हजार नगद , दुई वटा आइफाेन तथा सुजन मिश्रको नामको राष्ट्रिय अनुसन्धान बिभागको सहायक सूचक पदको परिचय पत्र बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।

उनीविरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२० अन्तर्गत चोरी तथा डाका सम्वन्धी कसुर अन्तर्गत जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।  

थाहा खबर बाट 

Views: