d

श्रुती नेपालको कथा - हानिकारक चाउचाउ  (भाग ७)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आज मेरो ट्याप्लेट चलाउने पालो दिउसो खाजा खाइ सकेपछि थियो।  हामीलाई ममीले १० /१० रुपैया पैसा खाजा खान दिनु भयो।  

त्यसपछि म चाउ चाउ किन्न दोकार गएँ।  म जुन दोकानमा गएँ त्यहाँ रु १० को चाउ चाउ थिएन रु २० को मात्र रहेछ।  

त्यसपछि मा अर्को दोकान गएँ।  त्यो दोकान बन्द थियो।  

अब म घर आएँ।  

मैले युवराज र स्मृतिलाई भने - युबराज / स्मृति आज तिमीहरुले खाजा खान नपाउने भयौ .....
उनीहरुले एकै साथ सोधे- किन ?

मैले भने - रु १० वाला चाउ चाउ दोकानमा सिद्दिएको छ।  

युबीले भन्यो - त्योसो भए रु २० को नै खाने .........झन् मज्जा ...........

मैले भने - पैसा हुनुपरेन मेरो भाई ?

स्मृतिले भनि - म संग छ १ओ रुपैयाँ। 

स्मृतिले रु १० दिए पछि हामी ज्यादै खुशी भयौं 

फेरी स्मृति र युबराज दोकान गएर ३ प्याकेट चाउ छौ लिएर आए। 

हामीले पकाएर स्वाद लिदै खायौं। 

त्यै बेला मैले टिकटकको भिडियो हेर्न थाले 

त्यहाँ एउटा भिडियो आयो।  

त्यसमा बताइएको थियो चाउ चाउ कति हानिकारक छ भनेर। 

त्यहि बेला मैले मेरो कचौरामा हेरें ..........कचौरा रित्तो थियो ......स्मृति र युबराजले पनि भिडियो हेरी रहेका थिए। 

युबराजले भन्यो- भोलि बाट छोड्दे है चाउ चाउ !!

Views: