d

झापामा चुनावी दौड शुरु, बाह्रदशीमा राप्रपाले गर्यो पहिलो उम्मेदवार घोषणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापामा आसन्न स्थानीय निर्वाचनको सरगर्मी शुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी बाह्रदशी गाउँपालिकाले गा.पा. अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेर निर्वाचनको तयारीमा जुटेको हो । 

शुक्रबार सम्पन्न भेलाले रामकुमार सिंह राजवंशीलाई अध्यक्ष पदको उम्मेदवार घोषणा गरेको छ । छिट्टै सबै तहमा उम्मेवार घोषणा गर्ने तयारी रहेको बताइन्छ।  

नेता सिंह बाह्रदशी क्षेत्रमा लोकप्रिय र पार्टी भित्र निष्ठावान व्यक्तिको रूपमा परिचित छन् । 

सामाजिक रूपमा समेत महत्त्वपूर्ण ख्याती कमाउदै आएका सिंहको उम्मेदवारीले बाह्रदशी क्षेत्रमा नयाँ तरंग ल्याएको बताइन्छ । 

यसैबीच छोटो समय लिएर झापा आएका अध्यक्ष राजेन्द्र लिङ्देनले आज साझ १२५ जना स्थानीयलाई पार्टीमा स्वागत गरेको प्रदेश सदस्य जीवन पनेरु बताउछन् । 

पार्टीको राष्ट्रिय अध्यक्षमा लिङ्देनको आगमन संगै बाह्रदशीमा पार्टी भित्र नयाँ आकर्षण बढेको पनेरुको तर्क छ। 

'हामीले उपयुक्त समयमा उपयुुक्त निर्णय गरेका छौं, रामकुमार सिंहले गापा अध्यक्ष पदमा बिजय हासिल गर्नुहुनेछ भन्ने कुरामा हामी ढुक्क छौं।', पर्दाफास संग कुरागर्दै पनेरुले भने। 

 

चुनाव प्रचारप्रसार समिति गठन 

गाउँपालिका अध्यक्ष पिबी कट्वालको सभापतित्व तथा पार्टीका पुर्व केन्द्रिय सदस्य तथा पुर्व मन्त्री टेकनारायण राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुर्व केन्द्रिय सदस्य राम कुमार सिंह राजंवशी, जिल्ला अध्यक्ष केशव प्रसाद ओझा, प्रदेश सदस्य जीवन पनेरु, लगायत प्रदेश, जिल्ला , क्षेत्र, प्रदेश सभा गाउँ तथा वडा समितिका स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेकोे थियो । 

भेलाले जीवन पनेरुको अध्यक्षतामा ३६८ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति समेत गठन गरेको छ। 

 

विवाद समाधान समिति गठन 

त्यस्तै भेलाले गाउँपालिका अध्यक्ष पिबी कट्वालको संयोजकत्वमा टेकनारायण राजवंशी, राम कुमार सिंह राजवंशी 
जीवन पनेरु, र  कल्याण प्र. रिजाल रहने गरि ५ सदस्यीय विवाद समाधान समिति गठन गरिएको छ।

भेलाले आगामी दिनमा पार्टीलाई एकढिक्का बनाएर लैजानको लागि प्रतिबद्धता जनाउदै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सफल बनाउन थप सक्रियता साथ अगाडि बढ्ने निर्णय गरेको छ।

 

शनिबार बिहान पनि पार्टी प्रवेश कार्यक्रम

बाह्रदशी गाउँ पालिका वडा नं. ६ र को संयुक्त आयोजनामा स्थानीय लकडी गद्दीमा शनिबार बिहान प्राटी प्रवेश कार्यक्रम कार्यक्रम आयोजना गरिएको जनाइएको छ । नव प्रवेशीलाई अध्यक्ष लिङ्देनले स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

 

तस्बिर: रन्जु प्याकुरेलको फेसबुक वालबाट 

Views: