d

एमसीसीको विषयमा सडकमा हल्ला गरेर हुदैन - कलाकार गिरि

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कलाकार दिपक राज गिरिले एमसीसीको विषयमा सडकमा नारा जुलुस गर्नेहरुको कुरा सुनेर फाइदा नहुने बताएका छन्।  विदेशी सहयोग विना मुलुक बाँच्न नसक्ने भन्दै उनले सांसदले मात्र यसको निर्णय दिन सक्ने उनको निर्क्योल रहेको हो। सामाजिक संजालमा गिरिले एमसीसीको विषयमा विरोध गर्नेहरुको कडा शब्दमा आलोचना गर्दै नेपाल जस्तो निर्यात सुन्य भएको मुलुकले विदेशी सहयोग विना बाँच्ने नसक्ने बताएका छन्।  उनको यस्तो स्टाटस आएपछि फ्यानहरुले गालीको वर्षा गर्न थालेका छन्।

 

के भने गिरिले?

आज म लेख्दैछू …….
धेरैले मलाइ MCC को बारेमा किन नबोलेको भनेर प्रश्न गरेर हैरान गरे, म बोलिन , उचित पनि ठानिन..
तर आज यो समाचार प्रकाशित भएपछि भने केहि लेख्नै मन लाग्यो ! 
चिन पनि ठिक !! अमेरीका पनि ठिक , 
भारत पनि ठिक , सबै छिमेकि बराबर भन्ने जस्तो 
“लिंग नखुलेको परराष्ट्र नीतिको” दिन गयो अब!
आफ्नो देश लाइ दीर्घकालिक फाइदा जता हुन्छ त्यॉहा स्पष्ट भएर उभिनु पर्यो, 
इतिहास हेर, हिसाब ग़र , स्पष्ट भैसक्यो 
चिनको सहयोग वा …अमेरीका र उस्का सहयोगी राष्ट्रको सहयोग? ……निर्णय ग़र !
चिन  र अमेरीका दूबैले यसलाइ 
प्रतिष्ठाको बिषय बनाएको स्पष्ट भैसक्यो!
अब सिद्धान्तले के भन्छ भनेर  हेर्ने होइन 
सडकका कुरा पनि सुन्ने होइन , 
डाटा हेर्ने, बिगतको डाटा ले के भन्छ ? 
मूलूकको भविष्य हेर्ने …. हामि भोकै बस्छौ 
कसैको सहयोग चाहिन्न भनेर उफ्र्ने कुरा भनेको 
बेलुका क्वाटर खाएपछि गर्ने कुरा हो …
रॉगाका सुकुटी चपाउदै दिएको तथ्यहीन
 राष्ट्रबादी गफ लाइ त रक्सीले  मज्जाले पचाउला !
तर हाम्रो जस्तो निर्यात सून्य र आयात मा निर्भर, भएको भारत परिबेष्ठित मूलुक ले भबिष्यमा हुने दुर्घटनालाइ पचाउन सक्दैन…..
करोडपति कार्यक्रम जस्तो न यस्मा लाइफ लाइन छ , न फोनो फ्रेन्ड छ , न प्रश्न परिवर्तन गर्न मिल्छ न पब्लिक पोल को नै अप्सन छ ! 
गेम क्बिट गर्न मिलेपनि हुन्थ्यो ,त्यों पनि छैन 
त्यसैले लिंग खुल्ने स्पष्ट नीति अंगीकार गरेर यथाशीघ्र निर्णय गर्नु मा नै राष्ट्को भलाई हुन्छ 
मेरो निर्णय ,मैले भोट हालेको सॉसंद ले गर्ने छन् ….
सॉसद भनेको मेरो प्रतिनिधि हो, 
यस्को  शाब्दिक अर्थ पनि त्यहि हो ..
निर्णय उनिहरू  बाट नै हुनु पर्छ 
निर्णय सडक बाट होइन , सदन बाटै गर्ने हो 
सडक ले निर्णय गर्ने भए  अरबौ खर्च गरेर देशको ढुकुटी सकेर सॉसदहरू छनौट गर्नुको के मतलब ?
अब प्रतिनिधि पठाए पछि उनिहरू लाइ बिश्वास गरौ, किनकि देश डुब्दा उनिहरू पनि उत्रने वाला त पक्कै छैनन् होला ….त्यसैले मेरो निर्णय काठमाण्डू क्षेत्र नं ९ को सॉसद ले गर्ने गरेर जिम्मा दिएँ!!
जय नेपाल !!!

Views: