d

गौरादहबाट २५१ जना राप्रपा प्रवेश, नव प्रवेशीहरु अधिकांश युवा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा:  झापाको गौरादहमा २५१ जना स्थानीयहरु विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको आयोजनामा वडा नं. २ स्थित अम्बर मा. वि. को प्रांगणमा सम्पन्न कार्यक्रममा गौरादह तथा कमल गाउँ पालिकाका स्थानीयहरु राप्रपा प्रवेश गरेका हुन् । 

नव प्रवेशीहरुलाई संघीय सांसद तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए।

पार्टी प्रवेश गर्नेहरु अधिकांश युवाहरु रहेको बताइएको छ। 

सोही कार्यक्रममा एमाले सम्बद्ध युवा संघका पुर्व केन्द्रिय सदस्य संखुवासभा निवासी सन्दिप घिमिरे, लामो समय देखि एमालेमा सक्रिय रहेका डि. पी. भट्टराई, एमाले युवासंघका भिम भट्टराई सहितको जम्बो टोली राप्रपामा प्रवेश गरेको जनाइएको छ।

सोही अवसर राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनका पुर्व केन्द्रिय सदस्य चन्द्र नेम्वाङले अध्यक्ष लिङ्देनको हातबाट पुनः सदस्यता ग्रहण गरेका छन् । उनी २०५१ सालमा राजेन्द्र लिङ्देन केन्द्रिय अध्यक्ष रहेको राप्रविसंघका केन्द्रिय सदस्य थिए । तत्कालीन अवस्थामा राप्रपाले कुशल नेतृत्व निर्वाह गर्न नसकेको भन्दै नेम्वाङ स्वतन्त्र रहदै आएका थिए। पार्टी नेतृत्वमा अध्यक्ष लिङ्देनको आगमन संगै नयाँ आशा पलाएकोले पुनः घर फर्कन पाएकोमा आफू अत्यन्तै उत्साहित रहेको उनले बताएका छन् । 

राप्रपा जिल्ला प्रवक्ता तथा प्रजातान्त्रिक राष्ट्रिय युवक संगठन क्षेत्रीय अध्यक्ष सान नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा 
नवप्रवेशीहरुलाई स्वागत गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी अवको बैकल्पिक शक्ति भएको र पार्टी विस्तारको अभियानलाई कसैले रोक्न नसक्ने ठोकुवा गरे। एमाले कांग्रेस र माओवादीले सत्ता प्राप्तिको लागि मात्र राजनीति गरेको स्पष्ट भएको उल्लेख गर्दै ३ वटै पार्टी मिलेर देश लुटेको बताए।

राज्य संचालकको गलत रबैयाकै कारण बिदेशी शक्तिले खेल्ने अवसर पाएको बताए । 

एमसीसी सम्झौता गर्नु अघि बृहत छलफलको आयोजना किन गरिएन? प्रश्न गर्दै सरकारमा बस्नेहरूले गल्ती गर्दा सिंगो देश प्रसव पिडामा पुगेको बताए । 

राप्रपाको अभियानले गतिशीलता लिएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले राप्रपा छोडेर जानेहरूबाट पार्टीलाई कुनै घाटा नहुने जिकिर गरे। 

'तपाईहरुले देखिरहनु भएको छ। कांग्रेस, कम्युनिस्ट र एमाले भित्रका राम्रा मानिसहरु अहिले राप्रपामा प्रवेश गरिरहेका छ्न्, गलत बिचार बोकेकाहरु राप्रपा बाट समेत पलायन हुँदै जानेछन्। तर यसबाट असल पार्टी निर्माण गर्ने अभियान सार्थक हुँदैजाने छ। कोहि पार्टी छाडेर जादैछ भन्ने कुरामा रत्तिभर चिन्ता नलिनुहोस् । जति जान्छन् त्यो भन्दा कैयौं गुणा राम्रा मान्छेहरुलाई हामी स्वागत गर्दै जानेछौं ।' अध्यक्ष लिङ्देनले बताएका छन् । 
'पछिल्लो ४ वर्षलाई हेर्दा देशको ऋण दोब्बर भएको छ । यो सबै संघीयताकै कारण भएको हो। संघीयता देशलाई आवस्यक छैन । संघीयतालाई खारेज गर्नै पर्छ । जनताको ढाड सेक्दै उठाइएको कर माथी अन्धाधुन्ध लुटपाट मच्चाउदा नेपाल जनता टुलुटुलु हेरेर बस्न सक्दैनन् । अब परिवर्तन गर्नैपर्छ, परिवर्तन गर्ने शक्ति राप्रपा मात्र हो । राप्रपालाई विश्वास गरेर पार्टी प्रवेश गर्नेहरूलाई गलत गरिएछ भन्ने मौका दिइने छैन।', लिङ्देनले भनेका छन् ।
 कार्यक्रममा केन्द्रिय सदस्य अम्बर विष्ट, केन्द्रिय निर्देशन समितिका पुर्व सदस्य लक्ष्मी प्रसाद संग्रौला, जिल्ला नेता ब्रह्माण्ड विक्रम अधिकारी, नव प्रवेशीहरुको तर्फबाट डि. पी. भट्टराई, सन्दिप घिमिरे, गौरादह नगर अध्यक्ष शान्तिराम पौड्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

वरिष्ठ क्षेत्रीय उपाध्यक्ष खेमराज तिम्सिनाले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन क्षेत्रीय समिती सचिब देवेन्द्र खड्काले गरेका थिए ।

Views: