d

राप्रपामा टिकट वितरणमा कडाई: उम्मेदवार बन्नुपुर्व राजीनामा बुझाउनु पर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बन्नेहरुले उम्मेदवारी दिनुपुर्वनै पार्टीलाई राजीनामा पत्र बुझाउनुपर्ने भएको छ।

 मुलुकमा मौलाएको भ्रष्टाचार न्यूनीकरण गर्न राप्रपाले नयाँ अवधारणा सार्वजनिक गरेको छ। नयाँ प्रावधान अनुसार स्थानीय निर्वाचनमा भाग लिने पार्टीका उम्मेदवारहरुले टिकटको लागि पार्टीमा आवेदन दिदा राजीनामा पत्र समेत संगै बुझाउनुपर्ने व्यवस्था गरिएको हो। उम्मेदवारहरुलाई अनुशासनको दायरामा ल्याउन उक्त व्यवस्था गरिएको १ नं. प्रदेश सदस्य जीवन पनेरु बताउछन् । 

स्थानीय तहमा राप्रपाबाट विजयी हुनेहरुले भ्रष्टाचार वा कुनैपनी अनियमितता गरेमा सोही राजिनामा पत्रको आधारमा पार्टीले अनुशासनको कार्वाही गर्न सक्ने आधार तयार गर्न अध्यक्ष राजेन्द्र लिङ्देनको निर्देशनमा उक्त व्यवस्था गरिएको पनेरुले बताए । यसबाट भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न र भ्रष्टाचारमा मुछिएका आफ्ना नेता कार्यकर्तालाई निष्कासन समेत गर्न सक्ने बताइन्छ।

Views: