d

बाह्रदशी अध्यक्ष पदको उम्मदेवार घोषणा गर्ने बित्तिकै राप्रपा प्रवेशको लहर, २५० भन्दा बढीले रोजे राप

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: बाह्रदशी गाउँ पालिकामा भएको दुइवटा औपचारिक कार्यक्रममा २५० भन्दा बढी स्थानियहरु अन्य पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका छन्।  अध्यक्ष राजेन्द्र लिंग्देंनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राप्रपामा कांग्रेस, एमाले र माओबादी पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता र भात्रीसंगठनमा आवद्द रहेकाहरु राप्रपामा प्रवेश गरेका हुन्।  

बाह्रदशी गाउँ पालिकामा आगामी निर्वाचनका लागि अध्यक्षपदमा उम्मेदवार चयन समेत गरि सकेको छ।  

अध्यक्ष लिंग्देंन झापा आएको बेला उम्मेदवार घोषणा गरिएको हो।

गाउँपालिका अध्यक्ष पदका लागि रामकुमार सिंह राजवंशीलाई राप्रपाले उम्मेदवार घोषणा गरेको बताइएको छ।  

यसै विच राजवंशी स्थानिय कालिमंदिरमा पुजा अर्चना गरि चुनावी अभियान शुरु गरिसकेका छन्।  

अध्यक्ष लिंग्देंनले पुजा अर्चना गर्दै राजवंशीलाई विजय हुनको लागि शुभकामना प्रदान गरे।  

 No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.
 

Views: