d

अब बैंकबाट कर्जा लिन वातावरण र सामाजिक जोखिम नहुने प्रमाण पेस गर्नुपर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । ऋणीलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा पूरा गर्नुपर्ने प्रक्रिया थप भएको छ । आइतबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ‘पर्यावरण र सामाजिक जोखिम व्यवस्थापन (ईएसआरएम) मार्गदर्शन, २०२२’ जारी गर्दै सो व्यवस्था गरेको हो ।

जारी मार्गदर्शनअनुसार अब बैंक तथा वित्तीय संस्थाले ग्राहकले कर्जाको माग गरेर आवेदन दिँदा सो कर्जाको प्रयोग कुन प्रयोजनका लागि हो ? त्यसले वातावरण र समाजमा कस्तो असर गर्छ ? भन्नेबारे निर्क्यौल गर्नुपर्ने हुन्छ । कर्जा लिएर गरिने उद्यम व्यवसाय तथा परियोजनाले वातावरण र सामाजिक जोखिम निम्त्याउने भएमा बैंक तथा वित्तीय संस्था कर्जाको आवेदन स्वीकृत गर्न नपाउने मार्गदर्शनमा उल्लेख छ ।


बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पेश गर्नुपर्ने अन्य कागजातसँगै अब ऋणीले राष्ट्र बैंकले जारी गरेको नयाँ मार्गदर्शनमा उल्लेखित प्रक्रियाअनुसारको कागजात समेत पेस गर्नुपर्ने हुन्छ ।

ऋणीले बैंकबाट कर्जा लिएपछि सोको उपयोग वातावरणीय र सामाजिक दीगोपन जस्तै, जलवायु परिवर्तनसँग जोडिएका आर्थिक विषयहरू लगायतलाई नकारात्मक असर नगर्ने पुष्टि गर्नुपर्ने हुन्छ ।

बाह्रखरी बाट 

Views: