d

झापाको अर्जुनधारा ३ मा राप्रपा वडा पार्टी कार्यालय स्थापना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राप्रपा अर्जुनधारा वार्ड न. ३ मा राप्रपाको पार्टी कार्यालय स्थापना गरिएको छ।  आसन्न स्थानिय निर्वाचनको तिब्र तयारी जुटेको अर्जुनधारा राप्रपाले वडा पार्टी कार्यालय स्थापना गरेको हो।  

राप्रपा झापा जिल्ला अध्यक्ष केशब प्रसाद ओझाको प्रमुख आतिथ्यतामा पार्टी कार्यलयको उद्घाटन गरिएको थियो।  

 

No description available.

 बिक्रम बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  प्रदेश 'ख' सदस्य गोबिन्द कार्की , नगर अध्यक्ष सुर्य खतिवडा, उपाध्यक्ष बिन्दु खड्का, सचीव सुरेन्द्र आचार्य सह-सचीव प्रवीण रिमाल लगायतको उपस्थिती रहेको थियो।

No description available.

प्रमुख अतिथि केशव ओझाले शुभकामना मन्तब्य व्यक्त गर्दै समसामयिक राजनितिक बारेमा चर्चा गरेका थिए। निर्वाचन केन्द्रित कार्यक्रममा अब्बल भूमिका प्रस्तुत गर्न अध्यक्ष ओझाले कार्यकर्ताहरुलाई आग्रह गरे।  

 प्रदेश सदस्य , नगर अध्यक्ष , र उपाध्यक्षले  शुभकामना मन्तव्य राखेको कार्यक्रममा सचीव सुरेन्द्र आचार्यले स्वागत मन्तव्य व्यक्त तथा कार्यक्रमको संचालन प्रवीण रिमालले गरेका थिए।

Views: