d

गौरादहबाट बेपत्ता भएकी बालिका काकरभिट्टामा आफन्तले भेट्टाए 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह ३ बाट बेपत्ता भएकी १२ वर्षीय बालिका तुलसा ल्वागुन झापाको पूर्वी नाका काकरभिट्टामा फेला परेकी छिन्।  काकरभिट्टामा रहेका आफन्तले फेला पारी संरक्षणमा राखेको उनका दाई लिला बहादुर ल्वागुनले पर्दाफासलाई जानकारी गराएका छन्।  

 साँझ ५:३० बजेबाट उनि बेपत्ता भएको पारिवारिक श्रोतले जनाएको थियो।  

साथीको जन्मदिन मनाउन जाने भन्दै घर बाट हिडेकी बहिनी तुलसा ल्वागुन अवेर सम्म घर नफर्के पछि उनका दाजु लिला बहादुर ल्वागुनले ईलाका प्रहरी कार्यालयमा खबर गरेका थिए।  

स्थानिय बिद्यालय गोल्डेन सनराइज मावीमा कक्षा ६ मा अध्ययनरत बालिका टाउको दुखेको छ भन्दै आइतवार बिद्यालय  समेत अनुपस्थित रहेकी थिइन्।  दिनभर घरमै बसेकी तुलसाले जन्मदिन मनाउन साथीकोमा जानेबारे आमालाइ समेत जानकारी गराएको बताइन्छ।


तस्विर: सामाजिक संजाल 


 

Views: