d

सभामुखले बोलाएको सर्वदलीय बैठक निस्कर्ष बिहिन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक सकारात्मक रहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सभामुख सापकोटाले बैठक निकै स्तरीय रहेको बताएका हुन् ।

"निकै नै स्तरीय बैठक भयो । विपक्षी दलको उपस्थिति भएको भए निष्कर्षमा पुग्थ्यो होला," उनले भने ।

उनले सदन सुचारु गर्ने र विपक्षी दल एमालेसँग छलफलको वातावरण बनाउनेबारे सबै नेताहरूको एकमत रहेको बताए ।

"सदनलाई सुचारु गर्ने कुरा र छलफलको वातावरण बनाउने कुरा नै अहिलेको राष्ट्रको सबैभन्दा महत्वपूर्ण कुरा भन्ने कुरामा सबैको एकमत छ," सापकोटाले भने ।


उनकाअनुसार बैठकमा एसीसीसहित पछिल्ला विकसित राजनीतिक घटनामा नेताहरूले आफ्नो धारणा राखेका थिए । नेताहरूले राखेको धारणालाई आफूले तटस्थ  भएर सुनाेकफ र आफू सकारात्मक रहेको पनि उनले बताए ।

"मैले सबैका कुरा गम्भीर भएर सुनेको छु । किनभने सभामुखका हैसियतले मैले निष्पक्ष भएर निर्णय गर्नुपर्छ । म त अम्पाएर न हो, निर्णयाक भूमिका दलहरूको हुन्छ," उनले भने ।

नेताहरूकाअनुसार बैठकले कुनै ठोस निर्णय भने गरेको छैन ।

Views: