d

सपनामा नआउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विपनामा आऊ प्रिय,
सबैले देख्छन
आफू बाहेक कसैले नदेख्ने सपनामा नआउ ।

सपना सुखमय हुन्छ,
विपना दुःखमय;
त्यसैले प्रिय,
विपनामा आऊ,
देखुन समाज र मानिसहरूले,
तिमीलाई र मलाई,
कुरा गरुन, कुरा काटुन,
त्यसमै रमाउँदै,
थप दरिलो साथ बनाएर 
हामी अगाडि बढौला ।

सपना केही क्षणको लागि हुन्छ,
विपनामा घडीको भर हुन्न,
कहिले छिटै बित्छ समय,
कहिले समय बिताउन मुस्किल हुन्छ।
त्यसैले विपनामा आऊ प्रिय,
सपनाझैं समय विताएर,
विपना र सपनाको फरक खोज्दै,
घडी बिर्सिएर,
दुनियाँ बिर्सिएर,
हामी दुई एक भएर,
जिन्दगी निर्वाह गरौँला ।

Views: