d

पछिल्लो ३ दिनमा झापाबाट राप्रपा प्रवेश गर्नेको संख्या ६७० पुग्यो (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: सरकारले आगामी बैशाख ३० गते सम्पन्न गर्ने गरि स्थानीय तहको निर्वाचन घोषणा गरे संगै झापामा राप्रपा प्रवेश गर्नेको संख्या उल्लेख्य रुपमा बढेर गएको छ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला समेत रहेको झापामा पछिल्लो  तीन दिनमा ६७० जनाले विभिन्न राजनीतिक दल परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन्।  

अध्यक्ष लिङ्देनको पछिल्लो पटक झापा बसाइको क्रममा ३ दिन भित्रमा बाह्रदशी ५ बाट ८५, बाह्रदशी ५ लकडीगद्दीबाट १३५, गौरादहबाट २५१, भद्रपुर १ केन्द्र बस्तीबाट ५४, भद्रपुर ८,९, र १० बाट ७४, भद्रपुर १ सिंगीमाढीबाट ३९, बिर्तामोड १० बाट ९ र बाह्रदशी १,२,३ बाट २३ जनाले राप्रपाको सदस्यता लिएको राप्रपा झापा जिल्ला पार्टी कार्यालयले जनाएको छ।  
यसरी राप्रपाको सदस्यता लिनेहरूमा अधिकांश नेका,एमाले र मावोवादी सम्बद्द सक्रीय सदस्य तथा समर्थकहरू रहेका छन।

नव प्रवेशीहरुमा अधिकांश युवाहरु रहेको पाइएको छ।  

नव प्रवेशीहरुलाई योग्यता र क्षमताको आधारमा पार्टीले मुल्यांकन गर्दै पदिय जिम्मेवारी प्रदान गर्दै जाने बताइएको छ।

 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

Views: