d

महाभियोगको खेलमा समावेश नहुने राप्रपाको घोषणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राप्रपाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोगको खेलमा आफ्नो पार्टी सहभागी हुने निर्णय गरेको छ।  मंगलबार बसेको पदाधिकारी बैठकबाट महाभियोग प्रस्ताव दर्ता भएको विषय अदालतमा राजनीतिक दबाब, प्रभाव, हस्तक्षेप र भागवण्डाको विगतको क्रियाकलापको दुष्परिणाम र त्यसकै निरन्तरताको रुपमा रहेको निष्कर्ष समेत निकालिएको छ । 

अदालतको मर्यादा विपरीत न्यायाधीशहरूले इतिहासमै पहिलोपटक हडताल गर्ने, कानुन व्यवसायीले निरन्तर आन्दोलन गर्ने, राजनीतिक दलले न्यायालयलाई दबाब र प्रभावमा पार्ने अवस्थाले न्यायालयलाई कमजोर बनाइरहेको भन्दै राप्रपाले यो चिन्ताको विषय भएको जनाएको छ । 

Views: