d

क्यानडाका प्रधानमन्त्रीले संकटकाल घोषणा, प्रदर्शनकारीहरूकाे बैंक खाता 'फ्रिज' हुन सक्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाेले निकै कम मात्रै प्रयोग गर्ने कडा आदेश जारी गरेका छन्  (काेभिड–१९) कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरेको विरोधमा ट्रक चालकहरूले गरेको आन्दोलन रोक्न सङ्कटकाल घोषणा गरेको भए पनि त्यो प्रभावकारी नभएपछि प्रधानमन्त्री ट्रुडोले सङ्कटकालसहितको विशेष आदेश जारी गरेको बीबीसीले जनाएको छ । 

यस्तो आदेश क्यानडाको इतिहासमै अहिलेको सहित दुई पटक मात्र जारी गरिएको छ । यो आदेशअनुसार आन्दोलनमा सहभागीहरूको बैंक खाता फ्रिज समेत गर्न सकिन्छ । अदालतको आदेशविनै प्रदर्शनकारीहरूलाई जेल र जरिबाना गर्न सक्ने आदेश अस्थायी रहेको र विशिष्ट रूपमा प्रयोग हुने प्रधानमन्त्री ट्रुडोले पत्रकार सम्मेलनमा बताउनुभएको बीबीसीले जनाएको छ ।

क्यानडाको राजधानीमा हजारौँ प्रदर्शनकारी बसिरहेका छन् । ट्रक चालकहरुको आन्दोलनका कारण राजधानीको जनजीवन र यातायात सेवा नराम्रोसँग प्रभावित भएको छ ।

नयाँ आदेशसँगै प्रदर्शन मत्थर हुने क्यानडा सरकारले अपेक्षा गरेको बीबीसीले जनाएको छ । सुरक्षा फौजले अमेरिका सीमा क्षेत्रमा ट्रकसहित बसेका प्रदर्शनकारीहरूलाई भने हटाइसकेको छ । 

Views: