d

पूर्वी चितवनमा १४२ जना एकैसाथ राप्रपामा प्रवेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पूर्वी चितवनमा १ सय ४२ जना राप्रपामा प्रवेश गरेका छन् ।  १ सय ४२ जना बिभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका हुन् । चितवन क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा  प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गर्ने अधिकाँस युवाहरु थिए । नवप्रवेशीहरुलाई राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले टिका तथा खादा लगाएर स्वागत गर्नुभयो । सोही भेलाले क्षेत्री नम्बर १ क र ख को समितिमा पदाधिकारी तथा सदस्यमा समेत मनोनित गरेको छ । क्षेत्र नम्बर १ (क) को उपाध्यक्षमा मञ्जु बर्तौला, हरिबहादुर थापा, सचिवमा सागर पाण्डे, गणेशजंग रायमाझि, सहसचिवमा शम्भु अधिकारी चयन भएका छन् ।

Views: