d

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै, एमसीसी टेबल हुने संकेत 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज दिउँसो बोलाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज (फागुन ४ गते) दिउसो १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाएका छन् । यस्तै, बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान ११.३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । 
 
यता, आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ । मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री देउवाले सो कुरा व्यक्त गरेका थिए । तर आजै नै पारित गर्ने या नगर्ने भन्ने विषय भने अझै टुंगो लागेको छैन । 
 
यता, लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजको बैठकमा पनि विरोध गर्ने जनाइसकेको छ । यसअघि कोरोनाभाइरसको तेस्रो लहर र अन्य विभिन्न कारणले प्रतिनिधिसभाको बैठक ५ पटक सारिएको थियो।

Views: