d

भारतीय दिग्गज़ गायक तथा संगीतकार बप्पी लहरीको निधन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ – भारतीय चलचित्र जगतका दिग्गज गायक तथा संगीतकार बप्पी लहरीको आज बिहान ७० वर्षको उमेरमा निधन भएको छ । 

एक महिनाको उपचारपछि  गएको सोमबार मात्रै लहरी अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । तर फेरि स्वास्थ्यमा समस्या देखिएपछि हिजो राति उहाँलाई अस्पताल लगिएको थियो । उपचारको क्रममा मुम्बईको एक अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्ययमले लेखेका छन् । 

बप्पी लहरी भारतमा डिस्को किंगको नामले पनि चर्चित हुनुहुन्छ । बलिउड गीत संगीत क्षेत्रमा सक्रिय लहरीका 'आइ एम अ डिस्को डान्सर','यार बिना चेन कहाँ रे', 'रात बाँकी', 'बम्बइ से आया मेरा दोस्त' लगायत गीत चर्चित छन् ।

पछिल्लो समय भारतले गीत स‌ंगीतकाे क्षेत्रमा ठूला हस्तीहरुलाई गुमाएको छ । एघार दिन पहिले मात्रै भारतीय चर्चित गायीका लता मंगेशकरको निधन भएको थियो ।

Views: