d

एमसिसीविरुद्ध आन्दोलित भ्रातृ संगठनका नेता पक्राउको राप्रपाले गर्यो भर्त्सना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट भ्रातृ संगठनको एमसिसीविरुद्धको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको भन्दै राप्रपाले भर्त्सना गरेको छ ।

'शान्तिपूर्ण आन्दोलनलाई बिनाकारण दमन गर्ने सरकारी कदमको हामी भर्त्सना गर्दछौं', राप्रपा प्रवक्ता सगुन सुन्दर लावतीले भने । प्रदर्शनको दौरान बुधबार पक्राउ गरिएका विधार्थी नेताको तत्काल रिहाइको पनि लावतीले माग गरे ।

अमेरिकी सहायता परियोजना एमसीसीको विरोधको क्रममा प्रहरीले राप्रपासम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का अध्यक्ष धनसुर शाहीसहित तीन जनालाई पक्राउ गरेको छ ।

विद्यार्थी संगठनका कोषाध्यक्ष मदन शाही र पब्लिक युथ क्याम्पस इकाइ अध्यक्ष सुजन पुलामीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यसैबीच राप्रविसंका महासचिव एन्टीसंघर्ष राईले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका अध्यक्ष शाहीलगायत विधार्थी नेताको रिहाइको माग गरेको छ । शान्तिपूर्ण आन्दोलनमा सरकारको दमनकारी भूमिकाको निन्दा गरेको छ ।

Views: