d

मन्त्रिपरिषद्को बैठक : प्रेस काउन्सिल र राससका अध्यक्षसँग स्पष्टीकरण माग

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । सरकारले प्रेस काउन्सिलका अध्यक्ष र राष्ट्रिय समाचार समितिका अध्यक्षलाई स्पष्टीकरण माग्ने निर्णय गरेको छ। विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र राससका अध्यक्ष हरिहर अधिकारी श्यामललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यी दुवैजना पूर्ववर्ती एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नियुक्ति गरेको थियो। बस्नेत गत जेठमा काउन्सिलको अध्यक्षमा नियुक्त भएका थिए। भने राससको अध्यक्षमा श्याम तीन वर्षअघि १ असार ०७५ मा नियुक्त भएका थिए। एक मन्त्रीका अनुसार उनीहरु दुवै जनालाई पदबाट हटाउनका लागि सरकारले स्पष्टीकरण मागेको हो।

Views: