d

निर्वाचनको लागि अन्तर्राष्ट्रिय सहायता जुटाउने निर्वाचन आयोगलाईनै  चटारो 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । सत्तारुढ दलहरु विदेशी सहायताको विरोध गर्दैै सडक तताइरहेका बेला निर्वाचन आयोग भने निर्वाचनको लागि अन्तर्राष्ट्रिय सहायता जुटाउन दातासँग छलफल गरिरहेको छ ।

सरकारले २०७९ वैशाख ३० स्थानीय तहको निर्वाचन गर्नको लागि मिति घोषणा गरिसकेको छ । सोही निर्वाचन सम्पन्न गर्न आवश्यक बजेटको जोहो गर्नको लागि आयोगले दातासँग छलफल सुरु गरेको हो ।

‘अर्थ मन्त्रालयसँगको सहकार्यमा आगामी स्थानीय तहको निर्वाचनमा अन्तर्राष्ट्रिय सहायताको प्राप्तिका सम्बन्धमा छलफल गर्न यही फागुन ४ गते विकास साझेदार समन्वय बैठक सम्पन्न गरियो,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार अन्तर्राष्ट्रिय सहायताको प्राप्तिको लागि आयोगले बुधबार काठमाडौंस्थित २० वटा कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाका प्रमुख र प्रतिनिधिहरुसँग छलफल गरेको थियो । द नेपाल टप।  

Views: