d

सार्वजनिक स्थानमा बम राखेको अभियोगमा ९ जना पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सार्वजनिक स्थानमा बम राखेर आतंक फैलाउँदै आएका नाै जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक र बिर्तामोडको सार्वजनिक स्थानमा प्रेसर कुकर बम राखेर आतंक फैलाउनेलाई पक्राउ गरी बिहीबार प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मन्दिरका पुजारीदेखि लागुऔषध मुद्दामा फरार रहेकासमेत रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गौरादह-२ का ३८ वर्षीय सुमनकुमार कार्की, कनकाई-३ का ४१ वर्षीय भीष्म थापा, दमक-९ की ५० वर्षीया देवी बाँस्कोटा गुरागाईं, कनकाई-३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षी-१ का ३२ वर्षीय सरुण लिम्बू भनिने दिलकुमार सामेखाम, संखुवासभा खाँदवारी–१० घर भई मोरङ सुन्दर हरैचा बस्ने २९ वर्षीय मनोमहन दाहाल, गौरीगञ्ज–३ का ३२ वर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादह–५ का  ३३ वर्षीय प्रदीप थापा, गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । 

Views: