d

त्यसपछि हामी होमवर्क गर्न घरतिर लाग्यौं......

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आज मेरो साथी शिखाको गुन्यु चोली।  हिजो मेहन्दी लगाउने दिन थियो।  हिजो रहेना, स्मृति र म उसकैमा बसेर बेलुका १०:०० बजे घर आएको।  

हाम्रो कक्षाको साथीहरुलाई चाहीं शिखाको मात्र गुन्यु चोली हो जस्तो लागेको रहेछ, उसको बहिनीको पनि गुन्यु चोली थियो भन्ने कुरा उनीहरुलाई त्यहाँ आए पछि मात्र थाहा भएछ। शिखाको घर सँगै हाम्रो घर भएतापनि मलाई पनि यो कुरा चाहीं थाहा थिएन ।  

हामी स्मृति, युवराज र म आज टिफिनमै घर आएका थियौं।  

मलाई लाग्यो मेरो साथीहरु पनि आउंदै छन् मेरो पछि पछि।  तर मैले घर आएर लुगा फेरी सक्दा पनि उनीहरु आएनन्।  मैले साथीहरु आउने बाटो हेरिरहेको थिएँ।  साथीहरु खोइ भनेर शिखाले पनि सोधिरहेकी थिई।  

उनीहरु बल्ल बल्ल आइपुगे तर प्रिन्पिसल सरले  आधा घण्टाको लागि मात्र उनीहरुलाई समय दिनु भएको रहेछ।  
 हामी सबैजना संगै बसेर मिठो मिठो परिकार खायौं।  

खाना खाएर एकछिन सम्म साथीहरु संगै बसेर शिखा र उसको बहिनी संग हामीले कुराकानी गर्यौ।  

उनीहरुले गिफ्ट दिए।  

त्यसपछी उनीहरु सबैजना हामीलाई बाई !! बाई !! भन्दै स्कुल तिर लागे।  

रहेना, स्मृति, युवराज र म  चाही गाउँका साथीहरुको बिच बिचमा छिरेर नाच्न थाल्यौं।    


त्यसपछि डि जे अर्कै ठाउँमा चाहिएकोले एकजना अङ्कलले डि. जे. सेट लिएर जानुभयो।  

एकछिन पछि ममी दोकान बाट आउनु भयो र ममीले पनि गिफ्ट दिनु भयो।  त्यसपछि हामी होमवर्क गर्न घरतिर आयौं।  

Views: