d

वरुण साप्ताहिककी  सम्पादक माया पकुवालको निधन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भद्रपुर,९ फाल्गुण । पत्रकार माया पकुवालको निधन भएको छ ।  पकुवालको सोमवार विहान ३.३० वजे ओमसाइ पाथिभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा निधन भएको हो । भद्रपुर फुलवारी टोल निवासी उहाँ ५४ बर्षको हुनुहुन्थ्यो ।

उहा मृगौला सम्वन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो ।लामो समयदेखि बरुण साप्ताहिकको सम्पादन गर्दै आउनु भएकी पकुवालको २०७८ फागुन ९ गते भएको निधनले पत्रकारिता क्षेत्रको अपुरणीय क्षति भएको छ । उहाको  सोमवार  विहान ११ वजे मेची खोला किनारमा अन्तेष्टी गरीने पारिवारीक श्रोतले जनाएको छ ।


 

Views: