d

गौरादहमा एमसीसी विरूद्द प्रर्दशन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादहमा एमसीसी विरूद्दको विरोध कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भात्री संगठन क्षेत्रीय युवक संगठन क्षेत्र न ५ को आयोजना र परिवर्तनका लागि युवा अभियानको यकबद्दतामा एमसीसी विरुद्दको मसाल जुलुस आयोजना गरिएको हो । 

सरकारले नेपाली जनताको भावना विपरीत राष्ट्रघाती  सम्झौता एमसीसीलाई संसदमा टेबल गरेको भन्दै त्यसको विरोध स्वरूप प्रर्दशन गरेको बताइएको छ । 

विरोध जुलुसमा एमसीसी चाहिदैन, राष्ट्र बेच्न पाईदैन, साम्राज्यवादका मतियारहरु होसियार, विदेशी दलालहरु मुर्दाबाद जस्ता नारा लगाएका थिए । 

गौरादह बजारबाट शुरू भएको मसाल जुलुस डिपु चोकमा आएर कोण सभामा परिणत भएको थियो । 

विरोध प्रर्दशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला प्रवक्ता तथा युवक संगठन क्षेत्रीय अध्यक्ष सान नेपाल, राप्रपा क्षेत्रीय सचिब देवेन्द्र खड्का, युवा नेता डि पी भट्टराई तथा परिवर्तनका लागि युवा अभियानको तर्फबाट अध्यक्ष भुवन खड्काले धारणा राखेका थिए । 

विरोध कार्यक्रममा परिवर्तनका लागि युवा अभियानका संरक्षक केदार खड्का, राप्रपा गौरादह नगर अध्यक्ष शान्तिराम पौड्याल, राप्रपा क्षेत्रीय वरिष्ठ उपाध्यक्ष खेमराज तिमसीना, राप्रपाका युवा नेता तथा किसान संगठनका केन्द्रीय महासचिव जीवन अधिकारी लगायत राप्रपा स्थानीय नेता, कार्यकर्ता तथा परिवर्तनका लागि युवा अभियानका पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थिती रहेको थियो । 

एमसीसीको विरोधमा आगामी फागुन १२ गते पुन: विरोध कार्यक्रम आयोजना गरिने बताईएको छ । उक्त कार्यक्रम परिवर्तनका लागि युवा अभियानको आयोजना तथा राप्रपाको एक्यबद्दतामा हुने परिवर्तनका लागि युवा अभियानका अध्यक्ष भुवन खड्काले बताए । 

 

Views: