d

कविता सकिएको जस्तो लाग्यो 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

थाहा छैन कसको नजर लाग्यो,
आफूले आफैंमा आफूभित्र नियाल्दा,
कविता सकिएको जस्तो लाग्यो ,
शब्द र अर्थ सकिएको जस्तो लाग्यो,
आज,
आफ्नो शैली हराए जस्तो लाग्यो,
थाहा छैन कसको श्राप लाग्यो,
आफूमा कविता सकिएको जस्तो लाग्यो।

मनको पीडा पोख्ने माध्यम,
सकिए जस्तो लाग्यो,
एक्लोपनमा रमाउने बानी,
सकिएको जस्तो लाग्यो,
थाहा छैन कसको दोष लाग्यो,
कविता मार्फत व्यक्त गर्ने,
खुसी र दुःख सकिए जस्तो लाग्यो
आज,
आफू भित्र लुकी बस्ने हरफहरू,
सकिएको जस्तो लाग्यो
कविता सकिएको जस्तो लाग्यो ।

Views: