d

गौरादहमा जेष्ठ नागरिकको लागि दन्त शिविर आयोजना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गणेश दाहाल 

झापा:  गौरादह नगरपालिका वडा नं. ५ मा  दन्त शिविर आयोजना गरिएको छ । वडा कार्यालयको सहयोगमा नगरपालिका भित्रका दात सम्बन्धी समस्या भएका नागरिकको लागि दन्त शिविर आयोजना गरिएको हो । 

वृद्ध उमेर भएकाहरुलाई प्राथमिकता साथ परिक्षण गर्ने बृहत योजना सहित शुरु गरिएको दन्त शिविर ४ दिन सम्म चल्ने बताइएको छ । 

सोमबार सम्पन्न शिविरमा १९४ जनाले नाम टिपाएको वडा अध्यक्ष छत्रपती सुवेदीले बताए । 

परिक्षण पश्चात् आवश्यकता अनुसार किर्तिम दात समेत उपलब्ध गराउने योजना रहेको बताइन्छ । 

यस अघि पहिलो चरणमा सम्पन्न आँखा शिविरमा मोतिया विन्दुको निशुल्क अप्रेसन गरिएको थियो । उक्त शिविरमा ३ सय जनालाई निशुल्क रूपमा चस्मा वितरण गरिएको अध्यक्ष सुवेदीले बताएका छ्न् । 

त्यसैगरी दोश्रो चरणमा सम्पन्न गरिएको कार्यक्रममा सुगर र प्रेसर सम्बन्धी बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको बताइएको छ । 

शिविर आयोजक समितिका संयोजक जगन्नाथ खनालको सभापतित्व तथा नगर प्रमुख रोहित कुमार साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डा. अनिल श्रेस्ठले  दात सम्बन्धी समस्या र यसबाट बच्न सकिने बिधीको बारेमा जानकारी गराएका थिए।

४ दिन सम्म चल्ने दन्त शिविर आमा डेन्टल दमकको प्राविधिक सहयोगमा संचालन हुने संयोजक जगन्नाथ खनालले जानकारी गराएका छन् ।

Views: