d

 बिहान सबेरै उठेर तातो पानी पिउँदा निकै फाइदा हुने रहेछ (भाग १०) 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

आज म तल बाट उठेर ममी र बाबा भएको कोठामा आए। 

ममी उठेर चिया पकाउन जानु भएको रहेछ।  बाबा ४ बजेनै उठेर समाचार लेख्न बस्नु हुन्छ।  आज पनि बाबा सबेरै उठेर ल्यापटपमा बसिसक्नु भएको रहेछ।   

म फ्रेश भएर  भाई बुइनालाई उठाएँ।   

बाबा जहिले बिहान २ गिलास तातोपानी पिउनु हुन्छ।  बिहान सबेरै मनतातो पानी पिउनाले स्वास्थ्य राम्रो हुन्छ भनेर हामीलाई सम्झाउनु हुन्छ।  हामी पनि बाबा संगै तातो पानी पिउछौं।  

बाबाले पानी तताउत भन्नुभयो।  मैले तलबाट पनि ल्याएर तताउन राखे 

ममी नुहाउन जानु भयो र रेडी भएर बाबा लाई पानि दिनु भयो।  एकछिन पछि ममी ले मलाई बोलाएर चिया बाड्न लगाउनु भयो र मैले सबै लाई चिया दिए त्यति खेरै स्मृति पनी उठी र पानी पिएर चिया पिउन  थाली। 

 

त्यस पछि स्मृति र युबराज माइन क्राफ्ट खेल्न थाले  एकछिन् पछि म पनी कथा लेख्न थालें।  

 

श्रुती नेपाल गोल्डेन सनराइज मा वी गौरादहमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी हुनुहुन्छ।  

 

Views: