d

गगन थापाको चेतावनी - एमसीसीको विपक्षमा मतदान गरे सत्ता गठबन्धन भत्किन्छ 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता साझेदार दलहरूले अमेरिकी सहयोग परियोजना एमसीसी को विपक्षमा मतदान गरे गठबन्धन भत्किने चेतावनी दिएका छन् । मंगलबार दिउँसो चितवनस्थित भरतपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।

थापाले संसद्‍मा टेबुल भएको एमसीसीको विपक्षमा मतदान गरे गठबन्धनको औचित्य समाप्त हुने बताए । थापाले भने, ‘सत्ता गठबन्धनमा सहभागी भएर त्यही सरकारले अघि सारेको प्रस्तावविरुद्ध मतदान गरिसकेपछि हामी विपक्षमा मतदान गर्छौं, तर बाँकी कुरामा सँगै जान्छौ भन्नु अनैतिक हो।’
एमसीसीलाई यसअघिका सबै कम्युनिस्ट सरकारले समर्थन गरेकोले अहिले विपक्षमा उभिनु जायज नहुने थापाको भनाई छ ।

Views: