d

ग्लोबल एजुकेसनल एकेडेमीमा मेघा मोटिभेसन तालिम आयोजना (फोटो फिचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा:  ग्लोबल एजुकेसनल एकेडेमी दमकमा आध्यापनरत शिक्षक तथा विद्यार्थीहरुको लागि दक्षता अभिवृद्धि तालीम कार्यक्रमको आयोजना गरिएको छ । विद्यार्थी तथा शिक्षकहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले मेघा मोटिभेसन तालीम सन्चालन गरिएको बताइएको हो ।  

४ दिन सम्म चल्ने उक्त तालीम आगामी शुक्रबार सम्पन्न हुने बिद्यालय प्रशासनले जनाएको छ। 

एकेडमी परिसरमा संचालित कार्यक्रममा कक्षा १० को विद्यार्थीहरुको लागि ग्रेड इन्हान्स्मेन्ट तालीम, कक्षा ११ र १२ को लागि उत्प्रेरणा कार्यक्रम, कक्षा ४ देखि ९ सम्म अध्ययनरत विद्यार्थीको लागि दक्षता अभिवृद्धि कार्यक्रम, तथा एकेडमीमा अध्यापनरत विद्यार्थीहरुको लागि स्किल डिभलप्मेन्ट तालीम संचालन गरिरहेको संस्थाका अध्यक्ष दिल बहादुर बस्नेतले बताए । 

बिर्तामोड स्थित अक्स्फोर्ड सेन्टरको प्राबिधिक सहयोगमा तालीम संचालन गरिएको शिक्षक नारायण भट्टराई बताउछन् । तालीम संचालनको लागि डी. आर. पराजुली म्याग्नेटले  सहजीकरण गरेको शिक्षक भट्टराईले बताए।

तालीमले विद्यार्थीहरुलाई लगनशील भएर पठनपाठन केन्द्रित गराउने, सकारात्मक सोचको विकास गराउनुका साथै डिजिटल एडिक्सन घटाउन मद्दत पुग्ने विश्वास लिइएको छ । 

'बालबालिकाहरुले मोबाइलको अनुचित प्रयोग गर्ने गर्नाले पठनपाठनमा ध्यान नदिने  तथा मानसिक र शारीरिक रूपमा दुर्वल हुँदै जाने खतरा रहेकोले यस प्रकारको तालीम आयोजना गरिएको हो, तालिमले बिद्यार्थीहरुको सर्वाङ्गिण विकासमा मद्दत पुग्ने पुर्ण अपेक्षा लिइएको छ ।', एकेडेमीका शिक्षा समिति संयोजक खेम प्रसाद भण्डारीले भने। 

तालीमले बालबालिकामा सकारात्मक सोचको बिकास गर्दै आत्मसम्मान वृद्धिगर्न महत्त्वपूर्ण योगदान पुर्याउने संयोजक भण्डारीको विश्वास छ । 

दमक ७ मा रहेको ग्लोबल एजुकेसनल एकेडमी २०५३ सालमा स्थापना भएको हो । स्थापनाकाल देखिनै आफुलाई अग्रणी शैक्षिक गन्तव्यमा राख्न सफल यस एकेडमीमा हाल कक्षा १२ सम्म विभिन्न विषयका कक्षाहरु संचालित छन् । 

भौतिक रूपमा सुबिधा सम्पन्न रहेको यस बिद्यालयमा पछिल्लो समय विद्यार्थीहरुको आकर्षणको केन्द्र बन्दै गएको पाइन्छ।  

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

Views: