d

विप्लप नेतृत्वको नेकपाले गर्यो गौरादहमा एमसीसी विरुद्द प्रदर्शन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादहमा आज पनि एमसीसी विरुद्द प्रदर्शन भएको छ। नेकपा विप्लबले एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै त्यसको विरोध स्वरुप गौरादहमा मसाल जुलुस प्रदर्शन गरिएको हो।  

नेकपाका नेता कार्यकर्ताहरुले बुधबार साँझ गौरादह बजारबाट डिपु चोक सम्म एमसीसी विरुद्द नाराजुलुस गर्दै टायर बालेर प्रदर्शन गरेका थिए। 

उल्लेख्य संख्यामा भेला भएका उनीहरुले भ्रष्ट सरकार होसियार, राष्ट्रघाती सम्झौता खारेज गर, एमसीसी चाहिदैन, एमसीसीका दलाल होसियार जस्ता नारा लगाएका थिए।  

विरोध प्रदर्शन पश्चात डिपु चोकमा पुगेर कोण सभा आयोजना गरिएको थियो।  

Views: