d

हात्तीपाइले रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह नगरपालिकामा हात्ती पाइले रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।  नगर स्वास्थ्य शाखाको आयोजनामा नगर मातहतका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुलाई लक्षित गरेर १ दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताइएको हो।  

No description available.

 

हात्तीपाइले रोगबाट निम्तन सक्ने समस्या र यसबाट बच्न सकिने उपाय तथा हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले संचालन गरेको खोप कार्यक्रमको बारेमा तालिम प्रदान गरिएको बताइएको नगर स्वास्थ्य शाखाले जनाएको छ।  

नगर प्रमुख रोहित कुमार साहको प्रमुख आतिथ्यतामा सम्पन्न कायाक्रम्मको सहजीकरण जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले गरेका थिए।  

उक्त अवसरमा हात्तीपाइले रोग निवारणका लागि राष्ट्रियआम औषधी सेवन कार्यक्रम (२०७८) को बारेमा जानकारी गरिएको थियो। 

 

 

 यहि फागुन २८ गते हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने कार्यक्रम सञ्चालन गरिने जानकारी समेत गराइएको छ।  

 झापामा ८ लाख ४३ हजार नागरिकलाई औषधी खुवाईँदैछ । जसका लागि ६ सय स्वास्थ्यकर्मी र ६ सय स्वंयसेवीका परिचालन हुने र यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको फोकल पर्सन चौंलागाईको भनाई रहेको छ।   । सो अभियानमा २ वटा औषधी डिइसी र अल्बेन्डाजोल  खुवाइने जनाइएको छ । जुन पूर्ण रुपमा सुरक्षित रहेको तथा  हात्तीपाइले रोग विरुद्धको औषधी ४ देखि ६ पटक सम्म खाँदा आफ्नो स्वास्थ्यको लागि धेरै नै उत्तम रहेको बताइएको छ । 
 

 

Views: