d

 वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुखको जिम्मेवारी संग्रौलालाई 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ: राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिंग्देंनले पार्टीको वाणिज्य विभाग प्रमुखको जिम्मेवारी लक्ष्मी संग्रौलालाई प्रदान गरेका छन्।  पुर्व केन्द्रिय सदस्य तथा केन्द्रिय निर्देशन समितिका पुर्व सदस्य समेत रहेका नेता संग्रौलालाई बुधवार नयाँ जिम्मेवारी प्रदान गरेका हुन्।  

पार्टीको विधान बमोजिम नेताहरुलाई विभागको प्रमुख पदमा मनोनयन गरिएको बताइएको छ।  

 लिङ्देनले महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय विभाग प्रमुखमा मनोनयन गरेका छन् । 

यस्तै प्रवक्ता मोहन श्रेष्ठ प्रचार विभाग प्रमुखमा मनोनित हुँदा अर्का प्रवक्ता गोपाल दाहाल  सम्पर्क समाज समन्वय विभाग प्रमुख बनेका छन् । 

यस्तै नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई सुशासन विभाग, केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास विभाग, लक्ष्मी संग्रौलालाई वाणिज्य क्षेत्र समन्वय विभाग र  दमन बस्नेतलाई खेलकुद विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

Views: