d

 प्रचार विभाग प्रमुखमा प्रवक्ता मोहन श्रेष्ठ मनोनित 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डौ: राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिंग्देंनले पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी प्रवक्ता मोहन श्रेष्ठलाई प्रदान गरेका छन्।  पार्टीको विधान बमोजिम नेताहरुलाई विभागको प्रमुख पदमा मनोनयन गर्ने क्रममा प्रवक्ता  मोहन श्रेष्ठलाई प्रचार बिभाग प्रमुखमा मनोनयन गरिएको हो।   

 यस्तै लिङ्देनले महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय विभाग प्रमुखमा मनोनयन गरेका छन् । 

यस्तै लक्ष्मी प्रसाद संग्रौला वाणिज्य विभाग प्रमुखमा मनोनित हुँदा अर्का प्रवक्ता गोपाल दाहाल  सम्पर्क समाज समन्वय विभाग प्रमुख बनेका छन् । 

यस्तै नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई सुशासन विभाग, केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास विभाग र  दमन बस्नेतलाई खेलकुद विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

Views: