d

माधव नेपालको व्यंग्य–एमसिसीमा एमाले न भाले न पोथी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

धनगडीमा आयोजित कार्यक्रममा  एमसिसीजस्तो राष्ट्रिय महत्वको विषयमा निर्णय लिन नसकेको भन्दै पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेप्रति व्यंग्य गरेका छन् । एमसिसीमा एमाले न भाले न पोथीको अवस्थामा पुगेको भन्दै उनले व्यंग्य गरेका हुन् ।

नेपालले एमसिसीका कारण मुलुकमा राजनीतिक संकट आउने जोखिम रहेको बताए 

‘हामी अप्ठ्यारो अवस्थामा पुगेका छौँ, एकातिर एमसिसी छ । अर्कोतर्फ बामाले छ । एमाले होइन, त्यो बामाले भइसकेको छ । त्यो अवसरवादी नीति लिएर बसिरहेको छ । समर्थन गर्छु पनि भन्दैन विरोध गर्छु पनि भन्दैन ।’ युवा संघ नेपालको सुदूरपश्चिमस्तरीय भेलालाई धनगढीमा सम्बोधन गर्दै नेपालले भने, ‘न समर्थन न विरोध अनि अरूलाई भन्छ न भाले न पोथी । न भाले न पोथी आफैँ बन्न पुगेको छ । यो बामाले भाले हो कि पोथी हो पहिचानै हुन सकेको छैन । यस्ता दाउपेचले  सिद्धान्तहीन जमातमा परिवर्तन हुँदै गएको छ ।’, नेपालले भनेका छन्।  

Views: