d

प्रदेश १ : मतदाता नामावली अद्यावधिक गर्न आग्रह

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विराटनगर । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

विहीबार प्रदेश निर्वाचन कार्यालय मोरङले विराटनगरमा एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी निर्वाचनमा अधिक भन्दा अधिक मतदाताको सहभागिताका लागि राजनैतिक दलहरु संवेदनशील हुनुपर्ने जानकारी दिदै प्रदेश निर्वाचन अधिकारी लेवन कश्यप अधिकारीले त्रुटिरहित मतदानका लागि मतदाता नामावली अद्यावधिकको कार्यक्रम ल्याइएको बताए ।

उनले निर्वाचनमा सहभागिताका लागि फागुन १९ गतेदेखि २६ गतेसम्ममा मतदाता नामावलीमा नाम सच्याउन, हटाउन तथा अद्यावधिक गर्न आग्रह गरेका छन् । सो कार्यक्रममा निर्वाचन आयोगले यसपटक बैशाख २९ गतेलाई कट अफ डेट मानेर मतदाताका लागि फोटो खिचाएका नागरिकहरुको मतदाता नामावली जारी गर्ने जानकारी दिइएको थियो ।

२०७४ सालको स्थानीय निर्वाचनमा करिब ३० प्रतिशत मतदाताहरुले मतदानमा भाग नलिएकाले निर्वाचन आयोगले राजनीतिक दलहरुले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आग्रह गरेको छ ।

सो कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

news 24 

Views: