d

एमसीसी नराम्रो होइन भन्दै कांग्रेस नेता पौडेलले दिए ‘डोनर कन्ट्री’ रिसाउने चेतावनी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
लमजुङ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयाेग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई अस्वीकार गरिए नेपाल बर्बाद हुने बताएका छन्  । तनहुँको भानु नगरपालिका ११ रुपाकोटकाे पुतलीबजारमा वडा कार्यसमितिले आयाेजना गरेकाे स्थानीय निर्वाचन र विकासका चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई आज शुक्रवार सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् । 

एमसीसी नेपालको विकास र उन्नतिका लागि चाहिने बताउँदै नेता पौडेलले एमसीसीलाई अस्वीकार गरिएमा सबै ‘डोनर कन्ट्री’ (दाता देश) नेपालको विपरीत हुने र देश बर्बाद हुने उल्लेख गरे।  

Views: