d

रुसद्वारा बेलायती एअरलाइन्सको विमानमाथि प्रतिबन्ध

Views:
Responsive Image Gallery
Responsive Image Gallery

रुसले बेलायती एअरलाइन्सको विमानमाथि प्रतिबन्ध लगाएको छ । रुसको सिभिल एभिएशन रेग्युलेटरले बेलायती एअरलाइन्सको विमानलाई आफ्नो हवाई क्षेत्रबाट जान पनि अनुमति नदिने बताएको बीबीसीले जनाएको छ ।  

यसअघि बेलायतले रुसले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसको राष्टिय एअरलाइन एरोफ्लोटलाई आफ्नो देशमा अवतरण गर्न रोक लगाएको थियो । त्यसको जवाफी कारबाही स्वरूप रुसले पनि बेलायती एअरलाइन्सका विमान आफ्नो देशमा अवतरण गर्न रोक लगाएको हो । 

यसका साथै बेलायतले रुसको कैयौँ बैंक र कैयौँ अर्बपतिमाथि प्रतिबन्ध लगाएको छ । रुसको सैनिक कारबाहीको घोषणापछि युक्रेनले पनि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि विभिन्न शक्ति देशहरूले पनि उसमाथि प्रतिबन्ध लगाएका छन् ।

यसैबीच आज शुक्रवार रुसी सेना युक्रेनको राजधानी किएभ पसेका छन् । यस्तो अवस्थामा युक्रेनले नागरिकहरूलाई सेनामा समावेश हुन अपिल गरेको छ । 

Views: