d

पार्टीले टिकट दिए वडाध्यक्षमा चुनाव लड्न तयार छु - चन्द्रजंग कार्की 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह वडा ३ का राप्रपा स्थानिय नेता चंद्रजंग कार्कीले पार्टीले टिकट दिएको खण्डमा  आगामी स्थानिय निर्वाचनमा वडाध्यक्षको उम्मदेवार बन्ने बताएका छन्।    

गौरादहमा राप्रपाले क-कसलाई उमदेवार बनाउने भन्ने चर्चा चल्दै गर्दा कार्कीले वडाध्यक्षमा आकांक्षा देखाएका हुन्।  

गौरादहमा राप्रपाले अहिले सम्म कुन पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषय छलफलकै क्रममा रहेको बताईदै गर्दा कार्कीले उम्मेदवार बन्ने मनसाय व्यक्त गरेका छन् । 

तपाईं किन वडा अध्यक्षमा उठ्न चाहनु हुन्छ भन्ने पर्दाफास जिज्ञासामा कार्कीले भन्छन् - 'गौरादहमा विकासको मोडालिटीनै देखिएन।  विकासका नाममा छारो हाल्ने प्रथाको अन्त्य गर्दै दिघो बिकासका योजनाहरु पस्कनु जरुरी छ।  यहाँ त कार्यकर्तालाई खुशी राख्न मात्र जनप्रतिनिधिहरु लागिपरेको देखिन्छ।  भ्रस्टाचार र लुटतन्त्रको अन्त्य गर्न एक पटक लाग्नै पर्ने भएको छ।'

'तपाईंनै हेर्नुस् न वडा न. ३ मा देखिने खालको के चाहीं गतिलो काम गरियो ? ',

आफ्नै घर अगाडी भर्खरै निर्माण सम्पन्न भएको तर भत्कन थालेको कालो पिच सडक देखाउंदै कार्कीले प्रश्न गरे - 'यसरी राज्यको सम्पती सक्नको लागि मात्र जनप्रतिनिधि बनाइएको हो ?' 'के जनप्रतिनिधिले यस्तै कमसल काम गरेर जनताको आँखामा छारो हाल्ने हो ?'

वडामा प्रसस्तै बजेट हुने तर जनप्रतिनिधिले काम गर्ने ढंग नपुर्याउदा वडाबासीले दुख पाएको कार्कीको भनाइ छ।  

वडा न ३ बाट गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट गजेन्द्र घिमिरे, नेपाली कांग्रेस बाट चिरन्जीवी दाहाल, राप्रपा बाट रमेश कुमार थापा र जनसक्ती पार्टीबाट धर्मराज गुरागाईंले उम्मेद्वारी दिएका थिए भने झिनो मत अन्तरले घिमिरेले निर्वाचन जितेका थिए। 

 

उम्म्देवारी दिन आकांक्षी रहेका कार्की २०४६ सालमा राप्रपा स्थापना सँगै राप्रपामा आवद्द रहेका एक कुशल र ईमान्दार छवि भएका व्यक्ति मानिन्छन् । 

सामाजिक क्षेत्रमा समेत राम्रो पहिचान बनाएका कार्की राजेंन्द्र लिंगदेनको नेतृत्वमा पार्टी बलियो बन्दै जाने विश्वास व्यक्त  गर्छन् । 
 

 

Views: