d

नहेर मलाई 

Views:

नहेर मलाई,
तिमीलाई म देखिने छैन ।

 

नहेर मलाई,
राम्रो लुगा लगाएर,
चिटिक्क परेर बसेको 
बाहिरी रूप देख्ने छौ

 

जहाँ,
अनेक टुट्दै गरेका सपना,
र टुटीन बाँकी सपनाहरु,
देखिँदैनन्। 

 

चोट र वेदनाका 
सायद हेण्डिपलाष्ट देखिनेछन,
तर आर्तनाद देखिँदैन,
मुस्कान देखिन्छ,
तर अन्धकार देखिँदैन,
त्यसैले नहेर मलाई,
आफ्नो अमूल्य समय बर्वाद गर्दै,
नहेर मलाई ।

Views: