d

एमसीसीलाई संसदमा पेस गर्नु नै देशको अपमान हो : भीम रावल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती भएको भन्दै यसलाई संसद्बाट पास गर्न नहुने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा पूर्वमन्त्री समेत रहेका नेता रावलले एमसीसीले नेपालको स्वातन्त्रता, राष्ट्रयता र स्वाधीनतामा आघात पुग्ने भन्दै यसलाई पास गर्न नहुने बताएका हुन् । file image

उनले भनेका छन्, ‘एमसीसीलाई संसदमा पेस गर्नु नै देशको अपमान हो । देश र जनताप्रति धोका हो । यसमा जजसले समर्थन गर्छन्, उनीहरू राष्ट्रिय गद्दार हुनेछन् ।’

यसैबीच उनले राष्ट्रघाती एमसीसी सम्झौतालाई संसदबाट अस्वीकार गरियोस् भनी सबै समक्ष आह्वान गर्दै भनेका छन्, ‘एमसीसी लागू भएमा नेपालले अमेरिकी कानून मान्नुपर्ने हुन्छ । नेपालको स्वतन्त्र परराष्ट्र नीतिमा पनि आघात पुग्छ ।’

Views: