d

बार एशोसिएशनको चुनावमा नेपाल कानुन व्यवसायी संस्थाले भाग लिने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडाैँ । नेपाल बार एशोसिएशनको आगामी चैत्र २३ गते हुने निर्वाचनमा नेपाल कानुन व्यवसायी संस्थाले भाग लिने भएको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संस्थाले नेपाल बारलाई स्वच्छ, निष्पक्ष र सक्षम न्याय प्रणालीको मान्यतामा अकण्टक कृयाशील रहन सक्ने नेतृत्व दिने जानकारी दिएको हो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा संस्थाका अध्यक्ष विष्णुप्रसाद भट्टराईले जनतामा निहित रहने मान्यता, सदाचार शुशासन जस्ता विषयहरूलाई शशक्त बनाउने, सशक्त ढंगले स्थापित गर्ने गराउने विधिको शासनको मान्यतालाई जीवन्त राख्न आफूहरू लागिपर्ने बताए । उनले जनताले न्याय पाउन नसकेको भन्दै न्यायाधीशहरू नै असफलताको बाटोमा बढेको टिप्पणी गरे ।

उनले न्यायालयमा पटक–पटक महाभियोगहरू राजनीतिक शक्तिहरूले लगाएको बताए । वर्तमान सरकार ०७८ सालको असारमा सर्वोच्चको परमादेशले बनेको भन्दै प्रधानन्यायाधीशले भाग खोज्दा महाभियोग लगाइएको उनको भनाइ छ ।

संस्थाका महासचिव तथा वरिष्ठ अधिवक्ता राजु बस्नेतले न्यायपालिका, कार्यपालिकाहरू नै राजनीतिक भागवण्डामा लिप्त रहेको आरोप लगाए । त्यस्तै अधिवक्ता ठाकुर प्रसाद आचार्यले नेपाल बारको आसन्न चुनावलाई लिएर आजको कार्यक्रमको आयोजना गरिएका बताए ।

 

तस्बिर: न्यूज 24 

Views: