d

सत्ता गठबन्धनबाट अलग्गियो राष्ट्रिय जनमोर्चा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

No description available.काठमाडौँ । राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग्गिएको छ । उसले पाँचदलीय सत्ता गठबन्धनबाट अलग हुने घोषणा गरेको हो ।

सोमबार बसेको बसेको जनमोर्चाको सचिवालय बैठकमा सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना एमसीसी पास गरेकोबारे छलफल भएको थियो । सोही बैठकल सत्ता गठबन्धनबाट आफू अलग हुने निर्णय गरेको हो ।

साेमबार नै पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा पुष्टि गरेका छन् ।  उनले भनेका छन्, ‘पाँच दलीय गठबन्धनभित्रको हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसदद्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरुको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ। गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षती पुगेकोले त्यसबाट हाम्रो पार्टी आज कै मितिदेखि अलग भएको घोषणासमेत गर्दछौँ।’

सत्ता गठबन्धनका अन्य दलहरूले एमसीसीमाथि राखेकाे ‘व्याख्यात्मक टिप्पणी’लाई आफ्ना कार्यकर्ताहरुको एमसीसी विरुद्धको आक्रोश मत्थर पार्न गरिएको नौटङ्की बाहेक अरू केही नभएकाे समेत जनमाेर्चाकाे ठहर छ । उसले अब पनि एमसीसीविरुद्धको संघर्षलाई निरन्तरता दिने निर्णय गरेको जनाइएकाे छ ।

Views: