d

सन्दर्भ महाशिवरात्रि

Views:

हरेक साल स्वास्थानी ब्रत कथा पढियो,
उनीलाई पनि मागियो,
तर उनी नजिक हुनुको साटो,
झन टाढा भईन।

No description available.

 

त्यसैले,
ल है शिवजी,
मिलाइदिउ मेरो पनि प्रेमको डुङ्गा,
जहाँ हामी दुई,
अनन्तकाल सम्म सफर गरिरहन पाऔं,
एक अर्को भै,
प्रेमील मनले,
किनकि माग्ने भनेको भगवान संगै हो ।

जसरी उनी टाढा भईन,
त्यसरीनै नजिक बनाइदेउ,
जसरी उनी नजिक भएकी थिईन,
त्यो भन्दा पनि नजिक बनाइदेउ,
बिग्रिएको सम्वन्ध सुधारीदेउ,
भक्तिको शक्ति देखाइदेउ,
सुखी र बौद्धिक दाम्पत्य जीवनको आशीर्वाद देऊ,
किनकि वरदान माग्ने भगवान संगै हो,
जादू देखाइदेउ,
किनकि माग्ने भनेको भगवान सँगै हो,
उसका बा-आमा भन्दा तिमी नजिक भएउ शिवजी,
त्यसैले तिमी सँगै मागेको,
किनकि माग्ने भनेको भगवान सँगै हो,
मानिसले त नदिन पनि सक्छ,
त्यसैले माग्ने भनेको भगवान सँगै हो ।

Views: