d

फुटको यात्रामा माओबादी केन्द्र

Views:
Responsive Image Gallery
Responsive Image Gallery

अमेरिकी सहयोग एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएको विषयलाई लिएर माओवादीभित्र दुई लाइन संघर्ष चर्किएको छ । व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने पार्टी लाइनको विपक्षमा रहेका नारायणकाजी श्रेष्ठसहित पूर्वएकताकेन्द्र समूहका नेताहरूले माओवादी पार्टीबाट विद्रोह गर्न सक्ने सम्भावना बढेपछि अध्यक्ष प्रचण्ड मंगलबार हात्तिवनस्थित नारायणकाजीको निवासमा पुगेका छन् ।

‘सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठलाई पार्टी छाडेर गए हुन्छ भन्ने रुखो अभिव्यक्ति दिएपछि परिस्थिति थप जटिल भएको बताईंन्छ । 

No description available.


विचार मिल्दा र मन लाग्दासम्म एउटै पार्टीमा बस्ने हो भन्दै प्रचण्डले एकै ठाउँमा रहन नसक्नेहरु अलग हुन सक्ने भाव प्रकट थिए । तर, पूर्वएकताकेन्द्रका साथीहरूले यसलाई ‘छाडेर गए हुन्छ’ भनेको अर्थमा बुझेका छन् ।


एमसीसी पारित हुँदा पार्टीभित्र र संसद्‍मा समेत गिरिराजमणि पोखरेल, अञ्जना बिसंखे लगायतका नेताहरूले असहमति जनाएका थिए । नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल लगायतले पार्टीको बैठकमा असहमति जनाएका थिए । पूर्वएकताकेन्द्रका नेताहरूले जस्तै कृष्णबहादुर महरा, राम कार्की लगायतले पनि एमसीसी अनुमोदनको विरोध गरेका थिए । एमसीसीको विरोध गर्दै आएका देव गुरुङले भने पार्टी लाइनलाई समर्थन गरेको सोमबारको पत्रकार सम्मेलनमा बताए । रातो पाटीको सहयोगमा।  

Views: