d

 एमसिसी कार्यान्वयनकै पक्षमा उभियो एमाले

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमालेले अमेरिकी सहयोग परियोजना एमसिसी राष्ट्रको हितप्रतिकूल नहुने गरी कार्यान्वयन गर्नुपर्ने बताएको छ। संसदबाट अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता अनुमोदन भएपछि एमालेले आफ्नो धारणा राख्दै एमालेले यस्तो बताएको हो।

अध्यक्ष के पी ओलीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘एमसिसी परियोजनासम्बन्धी सम्झौता संसदबाट अनुमोदन भइसकेको छ। अब राष्ट्रको हितप्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्छ। पारित भइसकेको परियोनाबारे राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ,’ 

Views: