d

आगामी निर्वाचनमा राप्रपालाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न सक्दैन: लिङ्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

कञ्चनपुर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी हुने बताएका छन्।  मंगलबार महेन्द्रनगरमा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यसो भनेका हुन्।  

केही राजनीतिक दल र नेताहरूले वैदेशिक मामिलालाई हलुका ढंगबाट अघि बढाउँदा मुलुक शक्ति राष्ट्रको रणनीतिक प्रतिस्पर्धात्मक स्थल बनेको बताएका छन् ।

 अध्यक्ष लिङ्देनले केही राजनीतिक दलका नेताहरूले केटाकेटी व्यवहार देखाउँदा नेपालको विश्वसनीयता कमजोर हुन पुगेको बताए ।


उनले व्याख्यात्मक टिप्पणी भन्दै संसद्बाट एमसीसी अनुमोदन गर्नु जनतालाई मूर्ख बनाउने काम मात्रै भएको दाबी पनि गरे ।  एमसीसीजस्तो संवेदनशील विषयमा बिहान, दिउँसो र साँझ अलगअलग धारणा दिने राजनीतिक दल र नेताहरूको अस्थिर, अपरिपक्व र पराधिन मानसिकता भएको उनको टिप्पणी छ ।


अध्यक्ष लिङ्देनले वैदेशिक सम्बन्धलाई सत्तामा पुग्ने भर्‍याङका रूपमा प्रयोग गर्दा आजको अवस्था आएको र जनतामा कतिपय आशंका पैदा भएको पनि बताए ।

Views: