d

गोपाल हमालको घोषणा- धनगढी मेयरमा स्वतन्त्रबाट लड्छु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

धनगढी उपमहानगरपालिकाका मेयरका लागि सुन्दर सुदूरपश्चिमका अभियान्ता गोपाल हमालले उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि विवेकशील साझा पार्टीका प्रदेश संयोजक रहेका उनी सो पार्टी परित्याग गर्दै मेयरका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गत निर्वाचनमा दोस्रो स्थान हासिल गरेपनि मैले आफूलाई विजेताकै रुपमा लिएको थिएँ । हारपछि मैले ४ वर्ष धनगढीको विकासको लागि योजना बनाउनमै बिताए । म प्रण गर्छु, मेयरले लिने सेवा सुविधाको म एक पैसा पनि लिने छैन । गाडी सुविधा पनि लिने छैन । यसको मतलब म भ्रष्टाचार गर्दिन । गर्न पनि दिँदैन । धनगढीले मलाई यहाँसम्म पुर्‍याएको छ । त्यसैले धनगढीलाई नमूना सहर बनाउने मेरो एउटै लक्ष्य हो । मेरो जीत सबैको जीत हुनेछ ।’

Views: