d

शिवसताक्षी उद्योग वाणिज्य संघ अध्यक्षमा एमाले उम्मेदवार पराजित, गठबंधनका काफ्ले विजयी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

शिबगन्ज (शिबसताक्षी), १९ फागुन–दक्षिणी झापाको शिबगञ्जमा बुधबार सम्पन्न शिबसताक्षी उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको अध्यक्षसहित मुख्य पदाधिकारी पदको मत परिणाम आएको छ । मत परिणाम अनुसार अध्यक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलका साझा उम्मेद्वार दुधेस्थित काफले खाद्यय स्ट्रोरका सञ्चालक यमनाथ काफले बिजयी भएका छन् ।

काफ्लेले नेकपा (एमाले) सहित केही राजनीति दलका तर्फबाट साझा उम्मेद्वार रामनरेश शर्मालाई हराउदै शिबसताक्षी उद्योग बाणिज्य संघको अध्यक्षमा बिजयी भएका बताइएको छ ,। 

गठबन्धन तर्फका उम्मेद्वार याम काफ्लेले ५८५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेतर्फका उम्मेद्वार रामनरेश शर्माले ५७८ मत प्राप्त गरेका उद्योग बाणिज्य संघका अध्यक्ष भोला प्रसाद मैनालीले जानकारी दिए ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा गठबन्धन तर्फका नरेशकुमार मिश्र विजयी भएका छन् । उनले ५७४ मत प्राप्त गरेका छन् भने सोही पदका अर्का उम्मेद्वार कमलप्रसाद तामाङ्गले ५६३ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा ६१५ प्राप्त गरी विष्णुप्रसाद प्रसाई विजेता भएका छन् । सोही पदका अर्का उम्मेद्वार सुवोकुमार शाहले ५१७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी वाणिज्य उपाध्यक्षमा गठबन्धन तर्फका कृष्णप्रसाद खरेल विजयी भएका छन् । खरेलले ६५८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी मन्दिरा देवी प्रसाईले ४६३ मत प्राप्त गरेकी छिन् । महासचिवमा टंक प्रसाद मैनाली विजयी भएका छन् । गठबन्धन तर्फका उम्मेद्वार मैनालीले ५९६ मत प्राप्त गरेका छन् भने सोही पदका अर्का उम्मेद्वार टंकप्रसाद सिटौलालले ५३४ मत प्राप्त गरेका छन् । त्यसैगरी उद्योग सचिव पदमा ५५४ मत प्राप्त गरी बेदप्रसाद थपलिया विजयी भएका छन् । सोही पदका अर्का उम्मेद्वारल योगेश्वर बरालले ५३१ मत प्राप्त गरेका छन् ।

बाणिज्य सचिवमा मेनुकादेवी बास्तोलालाई ७ मतले पछि पार्दै भोजराज ढकाल विजयी भएका छन् । ढकालले ५५७ मत प्राप्त गरे भने कोइरालाले ५५० मत प्राप्त गरेकी छिन् । त्यसैगरी कोषाध्यक्षमा विष्णु कुमारी चौलागाई विजयी भएकी छिन् ।

चौलागाईले ५९८ मत प्राप्त गरेकी छिन् भने सोही पदकी अर्की उम्मेद्वार खनिमाया श्रेष्ठले ५२२ मत प्राप्त गरेकी छन् । सदस्य पदका उम्मेद्वारको अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन मण्डलले जनाएको छ । १२६० मतदाता भएको शिवसताक्षी उद्योग वाणिज्य संघमा १२०९ मत खसेको थियो ।

Views: