d

गौरादह १ मा राप्रपाको संगठन विस्तारमा तिब्रता 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिका वडा न. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको संगठन बलियो देखिदै गएको छ।  वडा न. १ टिकघारी  र मोक्षेश्वर शिवालय मन्दिर आसपासबाट उच्च संख्यामा स्थानीयहरू राप्रपा प्रवेश गरेपछि पार्टी संगठनमा टेवा पुगेको बताइएको हो।  

गत स्थानिय निर्वाचनमा राप्रपाले यस वडाबाट ३९० मत प्राप्त गरेको थियो।  

'तत्कालिन अवस्थामा तेश्रो स्थानमा देखिएको राप्रपाले यो पटक यस वार्डमा निकै राम्रो सुधार गरेको छ। स्थानिय साथिभाइले हाम्रो एजेण्डा मनपराएर धमाधम पार्टी प्रवेश पनि गर्दै हुनुहुन्छ।  यो पटकको निर्वाचनमा पहिलो स्थान हासिल गर्ने कुरामा पार्टीपंक्ति आशावादी छ।' 
तत्कालिन निर्वाचनमा राप्रपा बाट वडा अध्यक्षको उम्मेद्वारी समेत दिएका  राप्रपा ख्स्त्रिया सचिव देवेन्द्र खड्का बताउछन्।  

गत महिना मात्र केन्द्रिय अध्यक्ष राजेन्द्र लिंग्देंनले गौरादहमा २५१ जनालाई पार्टीमा स्वागत गरेका थिए जस मध्ये करिब ४० जना वडा न. १ टिकघारी आसपासकै युवाहरु रहेको पाइएको छ।  

'हामी संगठित रुपमा वडा न १, २ र ७ मा पहिले देखिने बलियो रुपमा छौं।  पछिलो राजनीतिक उतारचढावमा वडा न. ३ मा पनि बलियो बन्दै गएका छौं।  अन्य वडामा समेत नव प्रवेशीको संख्या थपिदै गएको छ। गौरादहमा हामी २०४८ ताकाकै बलियो सांगठानिक अवस्थामा पुग्न सक्छौं भन्ने हिम्मत बढेको छ। ', खड्काले भने।  

Views: